अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ४८ जनामा गरिएको पिसिआर परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा थप एक जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएका छन ।
हाल अस्पतालमा २ जना कोरोना संक्रमित उपचाररत रहेकामा दुवैको आईसियुमा राखेर उपचार भैरहेको उनले बताए ।

















