अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ४ सय ४७ नमूनाको कोरोना जाँच गर्दा ३ जना र पीसीआर बिधिबाट ९ जनाको कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ ।


यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार २ सय ७६ पुगेको छ ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण मृत्यु नभएको निर्देशनालयले जनाएको छ । हाल प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय १४ रहेका छन ।














