अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको माउन्ट एभरेष्ट युवा क्लबको अध्यक्षमा दिपक राज भाट चयन भएका छन ।
शनिबार बसेको क्लबका पदाधिकारी तथा सदस्यहरुको बैठकले अध्यक्षमा भाटलाई सर्वसम्मत चयन गरेको हो ।


बैठकले भाटको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तेज बहादुर मल्ल, सचिवमा आषिश भट्टराई, सहसचिवमा डबल साउके र कोषाध्यक्षमा लक्ष्मी भट्ट रहेका छन ।
यसैगरी बैठकबाट भरत भण्डारी, दानियल बि.क, लोकेश नेपाली, कृष्ण बहादुर साउँद, प्रेम भण्डारी र सरिता रोकाया सदस्यमा चयन भएका छन ।
क्लबको सल्लाहकार समितिमा वडाध्यक्ष मोहन बहादुर खत्री सहित चक्रदेव भण्डारी, धन बहादुर बि.क, चक्रदेव ओझा, धुर्व भट्टराई र रमेश भट्टराई रहेका छन ।
करिब १० वर्षपछि पहिलो पटक क्लबको बैठक बसेर नयाँ कार्यसमिति चयन गरिएको बताईएको छ ।


















