देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन् । हाल तराईका केही भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैबीच पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
















