काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज सर्वसम्मतिले पारित भएको छ ।

पार्टीका नेता युवराज दुलालले दिएको जानकारी अनुसार अध्यक्ष दाहालको प्रष्टिकरणपछि दस्तावेज सर्वसम्मतिले पारित भएको हो ।
अध्यक्ष दाहालको प्रतिवेदनमाथि विभिन्न २५ समूहमा छलफल भएको थियो । समूहगत छलफलपछि प्रचण्डले दस्तावेजमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

‘अब केन्द्रीय सदस्यले काठमाडौं बस्न पाउँदैनन् । सबै गाउँ पस्ने हो’, जवाफमा प्रचण्डको भनाइ थियो । छलफल सकिएपछि आज छैंटौ दिन प्रचण्डले प्रष्टिकरण दिएका हुन् ।



















