खाेज्नुहाेस

सुदूरपश्चिममै पहिलो पटक सञ्चालीत डेकोरेसन तालीम सम्पन्न

Image

अत्तरिया – सुदूरपश्चिममै पहिलो पटक कैलालीको अत्तरियामा सञ्चालीत फुल तथा बेलुनको डेकोरेसन तालिम सम्पन्न भएको छ ।

अत्तरियामा रहेको भिप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्टले आयोजना गरेको तालीमको बुधबार समापन गरिएको हो । एक हप्तासम्म सञ्चालीत तालीममा विभिन्न क्षेत्रका २२१ जना प्रशिक्षार्थीको सहभागीता रहेको आयोजक भिप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्ट का सञ्चालक विनोद मल्ल (भिप्लभ) ले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

उनले समयको माग अनुसार आफुले तालीम सञ्चालन गरेको बताए । विवाह तथा अन्य विभिन्न कार्यक्रमहरुका लागी श्रृंगारिक सजावट गर्ने व्यक्तिको माग बढीरहेको भन्दै उनले त्यस्तो कार्य गर्ने जनशक्ति उत्पादनका लागी तालीम उपयोगी रहेको बताए ।

तालीममा उत्कृष्ट बनेका ५ जना प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तालीमको समापन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा, नेपाल बुद्धिचाल संघका केन्द्रिय सदस्य धन बहादुर बोगटी (धिरेन), अत्तरियामा रहेको जनकल्याण सेकेन्डरी स्कुलका सञ्चालक योगेन्द्र हमाल, एभरेष्ट एकेडेमीका प्रिन्सिपल बंशिराम चौधरी, युवा व्यवसायी प्रमोद अधिकारी, नेपाली कांग्रेसका निर्वतमान नगरसभापति हेमप्रकाश उप्रेती लगायतको सहभागीता रहेको थियो ।