खाेज्नुहाेस

आन्दोलनका कारण सिरहामा दुई दिनसम्मका लागि निषेधाज्ञा जारी

Image

सिरहा – आन्दोलनका कारण सिरहाका केही क्षेत्रमा दुई दिन सम्मका लागी निषेधाज्ञा जारी गरिएको छ ।

स्थानिय प्रशासनले सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनका कारण जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

attariya hospital
navjiwan hospital

जिल्ला प्रशासन कार्यालय सिरहाले आज (मङ्गलवार) बिहान ५ बजेदेखि बुधवार साँझ ७ बजेसम्मका लागि केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा जारी गरिएको निषेधाज्ञा अवधिमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने आदेशमा उल्लेख गरिएको छ ।