खाेज्नुहाेस

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

Image

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भेगमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेता पनि दिउँसो पहाडी भेगमा हल्का र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने महाशाखाले अनुमान गरेको छ।

navjiwan hospital

सोमबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। राति पनि पहाड तथा तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

attariya hospital

देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्णतया बदली हुनेछ। सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रक ५ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ।