खाेज्नुहाेस

श्रीपुर खानेपानीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीका गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

navjiwan hospital

शनिबार एक कार्यक्रमका बिच संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष प्रेम बहादुर बोेगटीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए ।

attariya hospital

छोटो अवधीमा नै उक्त खानेपानी संस्थाले विकट क्षेत्रका करिब १ हजार भन्दा बढी ग्राहकहरुलाई खानेपानीको पहुँचमा पु¥याउन सफल भएको संस्थाका सदस्य कमल रानाले जानकारी दिए । उनले संस्थाले हाल १ हजार ७५ जनालाई खानेपानी को सुविधा पु¥याएको बताउदै उनले प्रायजसो धेरैको घरमा धारा जडान गरिसकिएको र केही को घरमा बाँकी रहेको बताए ।

संस्था ले चालु आर्थिक वर्षमा ६९ लाख ६० हजार ८ सय २१ रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव खम्म बुढाले गरेका थिए ।