कैलालीका चुरेमा ट्रक र बस ठोक्किदा २४ जना घाईते
अत्तरिया – कैलालीमा ट्रक र बस एक आपसमा ठोक्किदा २४ जना घाईते भएका छन ।

बिहिबार जिल्लाको चुरे गाउँपालिका – ५ गोपालेमा बझाङबाट धनगढी आईरहेको ना. ६ ख १९८२ नम्बरको बस र डडेल्धुरा जादै गरेको ना. ६ ख २३६५ नम्बरको ट्रक एकआपसमा ठोक्किदा २४ जना घाईते भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाईतेहरु सबैको अवस्था सामान्य रहेको बताईएको छ ।
