काठमाडौं – देशभर पछिल्लो समय ७ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

२ सय ७२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकाभित्र ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ४६, भक्तपुरमा १३ र ललितपुरमा ३५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
















