चार अध्यादेश स्वीकृत गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं– संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ । बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

maya metro hospital

बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो।

प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने बताइएको छ ।

attariya hospital

गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो । सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै भदौदेखि निरन्तर विरोध गरिरहेको छ ।

संसद बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सदाझैं ‘संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वेल घेरेका थिए ।

एमालेले नाराबाजी कायम राखेपछि विरोधकै बीच संसदका नियमित कामकारबाही अघि बढाइएको थियो । कार्यसूचीअनुसार विधेयक पेश र त्यसमाथिको छलफललाई निरन्तरता दिइएको थियो । केही दिनदेखि विरोध र विरोधकै बीच संसद सञ्चालन हुने क्रम दोहोरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.