खाेज्नुहाेस

कैलालीका दासको हत्यारालाई कारबाहीको माग गर्न संघर्ष समिति गठन

Image

धनगढी – शनिवार कैलालीमा मृत फेला परेका युवकको न्यायका लागी संघर्ष समिति बनाइएको छ ।

घाँटी रेटेर निर्मम तरिकाले हत्या गरिएका अर्जुन दासको न्यायका लागी प्रहरीलाई दवाव दिन ललीत परियारको संयोजकत्वमा समिति बनाईएको हो ।

attariya hospital
navjiwan hospital

समितिले न्याय माग गर्दै विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएकाले प्रहरीलाई दवाव दिन समिति गठन गरिएको समितिका संयोजक परियारले बताए ।

समितिले अपराधीलाई आजीवन सजाय हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई सरकारी रोजगारीको माग, बालबालिकालाई उचित शिक्षा व्यवस्था र परिवारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेको छ ।

माग सम्बोधन नभएसम्म घटनास्थलबाट शव उठाउँन नदिने परिवारको अडान छ ।