अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा जारी सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तरगत आईतबार भएको खेलमा रोयल गोर्खा कञ्चनपुर विजयी भएको छ ।
गौरीगंगा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै रोल गोर्खा विजयी भएको हो ।


खेलको पहिलो हाफमै रोयल गोर्खाकी जर्सि नम्बर १० कि खेलाडी कान्ति पालतीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन । त्यसपश्चात दुवै टिमबाट गोल हुन नसक्दा रोयल गोर्खाले जित हात पारेको हो । पातलीको पहिलो हाफको गोल नै खेलमा निर्णायक गोल बनेको थियो ।
खेल अवधीभर उत्कृष्ट प्रर्दशन गरेकी खेलाडी अञ्जली चन्द ओमन अफ द म्याच घोषित भईन । उनले नगद रु. ३ हजार प्राप्त गरीन ।
प्रतियोगितामा पुरुष तर्फको खेलमा प्रथम पुरस्कार ५ लाख, द्धितिय पुरस्कार २ लाख ५० हजार तोकिएको छ भने महिला तर्फको खेलमा प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितिय पुरस्कार ७५ हजार राखिएको छ ।


















