धनगढी – धनगढीमा संचालन हुने अटो रिक्सामा जोरबिजोर प्रणाली लागु गरिएको छ । धनगढीबो बजार क्षेत्रमा अटो रिक्साले जाम बढेको भन्दै बिहिबार देखि जोर बिजोर प्रणाली लागु गरिएको हो ।

धनगढीको ट्राफिक चौराहादेखि क्याम्पस रोडसम्म जोरबिजोर प्रणाली लागू गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिएका छन ।

उनले बिहान र बेलुकाको समयमा अटोहरुको जाम लाग्न थालेपछि जोरबिजोर प्रणाली लागू गरिएको बताए ।



















