खाेज्नुहाेस

कांग्रेस महाधिवेशन : गगन थापा जित नजिक, विश्वप्रकाश मतान्तर बढाउँदै

Image

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको ३८९० मत गणना हुँदा गगनकुमार थापा जित नजिक पुगेका छन । करिब १२ सय मत गन्न बाकी रहदा उनले हालसम्म २५१२ मत ल्याउँदै अग्रता कायमै राखेका छन ।

navjiwan hospital

त्यस्तै गगन थापालाई पछ्याइरहेको विश्वप्रकाशले पनि मतान्तर बढाउँदै लगेका छन । उनले हालसम्म १५९७ मत पाएका छन् ।

attariya hospital

महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१, डा. मिनेन्द्र रिजालले ६७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ ।