खाेज्नुहाेस

दार्चुलाका बालबालीकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइने

Image

दार्चुला – दार्चुलाका बालबालीकाहरुलाई विद्यालयमै गएर कोरोना विरुद्धको खोप लगाईने भएको छ ।

आगामी पुष ४ गतेदेखि जिल्लाका सबै विद्यालयका कक्षा ६ देखी १२ कक्षासम्मका बालबालीकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको हो ।

attariya hospital
navjiwan hospital

मावि तहसम्म अध्ययनरत १२ देखि १७ वर्ष उमेरसमुहका २१ हजार बालबालिकालाई उक्त खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।

बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउनुपर्ने बताइएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा पहिलो डोज खोप लगाउनेको संख्या ७१ हजार १५ जना रहेको छ भने पूर्ण खोप लगाउनेको संख्या ६३ हजार ७ सय ५० जना रहेको छ ।

जिल्लामा कुल जनसंख्याको ७६ प्रतिशतले पहिलो डोज खोप लगाएका र ६७ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।