बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक छन् । यस्तै पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई छन् ।


मृत्यु भएका चुनारा र बिक श्रीमान श्रीमती हुन । उनीहरुको १० दिन अगाडी मात्रै विवाह भएको थियो । उनीहरु घरबाट माइत फर्किदै थिए ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन । घाइतेको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताए । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


















