अत्तरिया – कैलालीको अत्तरियामा ‘जेसिज सप्ताह संयुक्त’ कार्यक्रम सुरु भएको छ ।
अत्तरिया जेसिज वर्ष २०२१ र अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको हो । सोमबार उद्घाटन एवम् अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको छ ।

अत्तरिया जेसिज वर्ष २०२१ का अध्यक्ष पदम राज ओझाको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन ।
कार्यक्रममा बोल्दै उनले अत्तरिया जेसिजले युवायुवतीहरुको व्यक्तित्व विकाशमा महत्वपुर्ण योगदान पु¥याउदै आएको बताईन । उनले आफ्नो नेतृत्व क्षमताको विकाश गर्न जेसिजमा आवद्ध हुनुपर्ने बताईन ।

‘विद्यालयमा शिक्षकहरुले किताबी ज्ञानका साथै नैतिक शिक्षा पनि सिकाउने गर्दछन’ उनले भनीन ‘तर आफ्नो मनमा लागेको कुरा भन्न सक्ने तथा समाजको नेतृत्व गर्न सक्ने व्यक्ति जेसिजले बनाउछ ।’
उनले जेसिज कुनै एनजिओ आईएनजिओ जस्तो संस्था नभई निशुल्क रुपमा आफुमा भएको ज्ञानसिप अर्कालाई बाड्ने र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकाशमा सहयोग पु-याउने संस्था भएको बताईन । उनले युवायुवतीहरुलाई आफुमा लुकेर रहेको क्षमतालाई बाहिर ल्याउनका लागी जेसिजमा आवद्ध हुन आग्रह गरिन ।
कार्यक्रमको बारेमा जानकारी दिदै सप्ताहव्यापी कार्यक्रमका मुल समिति संयोजक मान ऐरले जेसिजको वार्षिक कार्यक्रम अनुसार जेसिज सप्ताह सुरु भएको बताए । उनले जेसिज सप्ताहमा विभिन्न सामाजिक कार्यका साथै युवाहरुको प्रतिभा उजागर गर्ने किसिमका कार्यक्रमहरु रहेको बताए ।
उनका अनुसार सप्ताहव्यापी कार्यक्रममा वक्तृत्वकला प्रतियोगीता, मैत्रीपुर्ण फुटबल प्रतियोगीता, सरसफाई, वृक्षारोपण र स्वास्थ्य शिविर रहेका छन ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन भने समापन कार्यक्रम आयोजना गरिने उनले बताए । उद्घाटन कार्यक्रममा जेसिजका पुर्व अध्यक्षहरु कमल कडायत, गणेश शाह र प्रमोद अधिकारी सहित विभिन्न विद्यालयका विद्यार्थी, जेसिजका पदाधिकारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।
अत्तरिया जेसिज वर्ष २०२१ का उपाध्यक्ष भरत साउँदले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव प्रेरणा पाण्डेयले गरेकी थिईन ।



















