सुदूरपश्चिम प्रदेश यू–१९ क्रिकेटको फाइनलमा पराजित 

 

धनगढी – सुदूरपश्चिम प्रदेश वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । उपाधिका लागि आइतबार भएको फाइनल खेलमा सुदूरपश्चिमको टिम लुम्बिनी प्रदेश संग पराजित भएको हो ।

maya metro hospital

पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा  सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भएको थियो ।

citizen security services

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

attariya hospital

विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनायँदा कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे ।

सुदुरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिता सात प्रदेशले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.