सुदूरपश्चिममा २ कोरोना संक्रमित थपिदा ५ निको
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३ सय २८ नमूनाको परिक्षण गर्दा १ र पीसीआर बिधिबाट ६१ नमूनाको कोरोना परिक्षण गर्दा १ गरी २ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजा ६८ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार ४० पुगेको छ ।
