राष्ट्रपतिद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं – संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गते मङ्गलबारका दिउँसो २ बजेका दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

