खाेज्नुहाेस

कांग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै, सभापति देउवाले उद्घाटन गर्ने

Image

नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत आज (बिहीबार) प्रदेश अधिवेशन गर्दै छ। देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेशअधिवेश्न गर्न लागेको हो।

आज सातै प्रदेशमा हुने प्रदेशस्तरीय प्रदेशस्तरीय अधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

attariya hospital

दिउँसो २ बजे सभापतिले प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

navjiwan hospital

प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुरमा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ। अधिवेशनले प्रदेश कार्यसमिति चयन गर्ने प्रवक्ता शर्माले बताए।

प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ। चुनाव आगामी शनिबार हुनेछ।

प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनस् मतदान गर्नुपर्ने व्यवस्था छ।

प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।