बाजुरा विमानस्थलमा यात्रुले  धकेले जहाज

 

बाजुरा –  बाजुरा विमानस्थलमा यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका छन । हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको उक्त विमानको टायर पड्किएपछि यात्रुले जहाज धकेलेका हुन ।

maya metro hospital

जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको थियो ।

citizen security services

जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए ।

attariya hospital

त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।

त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाले जानकारी दिए ।

अहिले यात्रुले जहाज धकेलेको भिडियो सामाजिक संजालमा पनि भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.