खाेज्नुहाेस

कैलालीका डिएसपी बिष्टको विदाई

Image

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिक बिष्टको विदाई गरिएको छ । बिगत १८ महिना देखि कार्यालयमा सूचना अधिकृत (प्रवक्ता) को रुपमा कार्यरत डिएसपी बिष्टको बुधबार विदाई गरिएको हो ।

navjiwan hospital

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा काज खटिएका डिएसपी जिल्ला प्रहरी कार्यालय कैलालीले ‘फेरी भेटौंला कार्यक्रम’ अन्तरगत विदाई गरेको हो ।

attariya hospital

कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले डिएसपी विष्टलाई मायाको चिनो प्रदान गर्दै विदाइ गरेको थिए । सोही कार्यक्रममा उनले शान्ती सुरक्षा अमन चयन कायम राख्ने कार्यमा सक्रिय भुमिका निर्वाह गरेको भन्दै डिएसपी बिष्टलाई पुरस्कृत समेत गरेका थिए ।

तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनिय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरेको भन्दै कार्यको उचित मुल्याङकन गर्दै कदर स्वरुप एक हजार पाँच सय नगद पुरस्कारद्वारा डीएसपी बिष्टलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको प्रहरीले जनाएको छ ।