कैलाली, कञ्चनपुरका ५ जनामा कोरोना संक्रमण
अत्तरिया – कैलाली कञ्चनपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ९० नमूनाको कोरोना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीले बुधबार सार्वजनिक गरेको बिवरण अनुसार एन्टिजेन बिधिबाट ५ सय २७ नमूनाका कोरोना परिक्षण गर्दा २ जना र पीसीआर बिधिबाट ६३ नमूनाको कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा कञ्चनपुरका ३ जना र कैलालीका २ जना रहेका छन । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ३९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १९ पुगेको छ ।