खाेज्नुहाेस

कैलालीमा ट्रकको ठक्करबाट ४० वर्षिया महिलाको मृत्यु 

Image

अत्तरिया – कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध हुनुका साथै लम्की बजार पनि बन्द गरिएको छ । महिलालाई ठक्कर दिने ट्रकमा स्थानियले आगजनी समेत गरेका छन ।

स्थानियले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ ।