खाेज्नुहाेस

कञ्चनपुुर र बैतडीका २ जनामा कोरोना पुष्टि

Image

अत्तरिया – कञ्चनपुुर र बैतडीका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा ४ सय ४० नमूनाको कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार संक्रमित हुनेमा कञ्चनपुर र बैतडीका १/१ जना रहेका छन ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ९ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ९ सय ४६ पुगेको छ ।