धनगढी – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर धनगढी उपमहानगरपालिका – ६ जालीका १६ वर्षीय सन्तोष बुढामगरको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका बुढामगरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई खोलामा करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेको हो ।













