खाेज्नुहाेस

सबैलाई एकबद्ध बनाएर लैजानेछु : बडैला

Image

अत्तरिया – कांग्रेसमा सबैलाई एकबद्ध बनाएर लैजाने गोदावरी नगरपालिका वडा नं. ११ का वडासभापतिका उम्मेदवार कुमार बडैलाले बताएका छन ।

काग्रेसको १४ औँ महाधिवेशनमा वडा नं. ११ बाट वडासभापतिका उम्मेदवार उनले आफु वडासभापतिमा विजयी भए कांग्रेसमा रहेको गुटउपगुटको राजनिति अन्त्य गरी सबै पार्टीप्रति आस्थावान व्यक्तिहरुलाई एकजुट बनाएर लैजाने बताए ।

attariya hospital
navjiwan hospital

वडामा नेतृत्वका लागी सहमती नजुट्दा चुनावी मैदानमा उत्रिएका उनले अग्रजहरुलाई सम्मान, युवाहरुलाई प्रोत्साहन भन्ने उद्देश्यका साथमा आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले अहिले सम्म सबैले आफुलाई साथ, सहयोग दिएको र चुनावमा पनि आफुलाई भोट दिएर वडासभापतिमा विजयी गराउनेमा आफु ढुक्क रहेको बताए ।

उनले आफुले जितेपछि वडा नं ११ का सम्पूर्ण काग्रेस आस्थावान युवाहरुलाई एक ठाउँमा ल्याएर पार्टीलाई मजबुत बनाउनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगमी निर्वाचनमा वडा नं ११ लाई काग्रेसीमय बनाउन आफु कटिबद्ध भएर लाग्ने समेत बताए ।