खाेज्नुहाेस

लागुऔषध सहित कञ्चनपुरबाट २ जना पक्राउ

Image

अत्तरिया – कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत रहेको फर्वाड वेश बैशाखाबाट खटीएको टोलीले जिल्लाको बेलौरी न.पा.६ दुम्ली बस्ने अन्दाजी २२ वर्षिय कैलाश थापा र सोही ठाउँका अन्दाजी २० वर्षिय लक्ष्मण रानालाई नाईट्रभेट १० का ३३ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

attariya hospital

गस्ति गर्ने क्रममा बैशाखा सीमा ईलाकाबाट नेपाल तर्फ आउदै गरेको म.२ प २९४४ नं.को मोटरसाईकलमा सवार उनिहरुलाई शंका लागी चेकँजाँच गर्दा उनिहरुको साथबाट नाईट्राभेट सहित १ थान मोबाईल, चाँदीको सिक्रि १ वटा, चाँदीको औठी १ वटा र बुफर एउटा बरामद गरिएको सशस्त्र हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

उनिहरुलाई आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको बताईएको छ ।