खाेज्नुहाेस

अत्तरियामा छठको रौनक

Image

अत्तरिया – विगतका तुलनामा यस बर्ष अत्तरियामा भब्य रुपमा छठ पर्व मनाइदैं छ । कैलालीको गोदावरी नगरपालिका – १ को गोदावरी नदी किनारमा छठ पूजा लागि पाल लगाएर झिलीमिली बनाइएको छ ।

कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रुपमा सुरु हुने छठपर्व सप्तमी तिथिका दिन बिहानसम्म गरी चार दिन मनाइन्छ । छठ तराई–मधेसमा बस्ने भोजपुरी र मैथीली भाषी हिन्दूको मुख्य पर्व हो । अत्तरियामा क्षेत्रमा भोजपुरी र मैथीली भाषी थोरै संख्यामा भएपनि यस पटक उनीहरुले व्यवस्थिति रुपमा छठ पर्व मनाउँदै छन ।

attariya hospital

अत्तरियामा आयोजना गरिएको छठ पुजा समितिका संयोजक बिरेन्द्र कुमार चौधरीले यस पटक करिब डेढ सय जना मिलेर छठ पुजा मनाईरहेको बताए । ‘१० बर्ष अगाडी ३ जनाबाट अत्तरियामा छठ मनाउन सुरु गरेका थियौ’ उनले भने ‘अहिले १ सय ५० जनाको हाराहारीमा छठ मनाउने पुगेका छौ ।’

उनले यस बर्ष छठ मान्ने सबैजना मिलेर रकम संकलन गरी व्यवस्थित रुपमा छठ पुजा स्थल निर्माण गरेको बताए ।

उनले जलासयमा छठको पुजा हुने भएकाले नदी किनारामा पुजाआजाका लागि सिंगारिएको बताए । छठको पुजा बिहिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने छ ।

छठ पुजाका लागि स्थानिय राज्यका निकायबाट भने कुनै सहयोग नभएको संयोजक चौधरीले बताए । ‘सहयोग माग्नका लागि हामीले पनि व्यवस्थित रुपमा रजिष्टेसन गरेर संस्था खडा गर्न आवश्यक पर्छ । तर, अहिले सम्म हामी यसको लागि काम अगाडी बढाउन सकेका छैनौ’ उनले भने ‘आगामी दिनमा यसलाई अझै भब्य रुपमा मनाउन संस्थागत रुपमा अगाडी बढेर सहयोग माग्ने योजना बनाएका छौ ।’

navjiwan hospital

अत्तरिया क्षेत्रमा छठ मनाउने परिवारको संख्या बढ्दै गएकाले यसमा राज्यले पनि सहयोग गर्न आवश्यक रहेको समितिले जनाएको छ ।
गोदावरी नगरपालिका – २ का ललन प्रशाद चौवेले आफूहरु यस क्षेत्रमा अल्पसंख्यक भएकाले राज्य लगायत सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए । ‘धर्म संस्कृती कलाको संरक्षण गर्ने दायित्व राज्यको पनि हो’ उनले भने ‘छठ पर्व मदेशी समुदायका लागि मात्रै नभएर बिस्तारै पहाडी समुदायको पनि पर्व बन्न थालेको छ ।’ उनले अत्तरियामा मनाइएको छठ पर्वमा सहभागि हुन तथा अवलोकन गर्न पहाडी समुदायको पनि उल्लेख्य सहभागिता रहेको बताए ।

दुर्गालक्ष्मी नमूमा मावीका शिक्षक समेत रहेका चौवेले स्थानिय सरकारका प्रतिनिधिलाई पनि छठ पर्वमा बोलाएको भएपनि कोही नआएको बताए । ‘हामीले जनप्रतिनिधिलाई पत्र पठाएका थियौ’ उनले भने ‘आज कोही आउनु भएन । सायद भोली (बिहिबार) बिहान आउनु हुन्छ की भन्ने आशमा छौ ।’

छठ पुजा समितिका संस्थापक राजेश ठाकुरले छठ पुजा गर्नेको संख्या बढ्दै गएकाले यसलाई आगामी दिनमा व्यवस्थित रुपमा अगाडी बढाउन आवश्यक रहेको बताए ।

छठ पुजा अन्तरगत बुधबार रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।