खाेज्नुहाेस

सुदूरपश्चिम कोरोना अपडेट : १६ थपिदाँ १३ निको, १ जनाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा १६ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ८ सय नमूनाको कोरोना जाँच गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ सय ८१ नमूनाको एन्टिजेन बिधिबाट कोरोना जाँच गर्दा २ जना र १ सय १९ नमूनाको पीसीआर बिधिबाट कोरोना जाँच गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ८ सय ५० पुगेको छ । यसैबिच पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ८ सय ५४ पुगेको छ ।

प्रदेशमा मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – ५ की ७२ बर्षिय कोरोना संक्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो संगै सेतीमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २ सय ८ पुगको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन । प्रदेशमा भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय ६ पुगेको छ ।