अत्तरिया – दशैतिहारमा भएका सवारी दुर्घटनामा परि सुदूरपश्चिममा १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गते घटस्थापना देखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।
सो अवधिमा भएका सवारी दुर्घटनामा परी १ सय १३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


दशैं तिहारको अवधिमा भएका ८१ दुर्घटना मध्ये मोटरसाइकल ४९, जीपकार १४, टेम्पो चार, ट्याक्टर ३, बस २ र बाँकी अन्य सवारी साधन रहेका छन् ।
चाडपर्वका समयमा सवारी साधनको बढी चाप हुँदा दुर्घटना पनि बढी हुने गरेका छन ।


















