अत्तरिया– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका – ५ सीमरानामा भएको मोटरसाइकल दुर्घटनामा परी लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो ।

बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा घाइते भएका उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


















