दार्चुला – दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । शनिबार शैल्यशिखर नगरपालिका–७ बन्तोलीमा जात्रा हेर्न आएका कञ्चपुरका भिमदत्त नगरपालिका मटेनाका अन्दाजी २६ वर्षीय रुपेश रानाको भीरबाट लडेर मृत्यु भएको हो ।

भीरबाट खसेर घाइते भएका रानाको गोकुलेश्वर अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक अरुण बमले बताए ।



















