खाेज्नुहाेस

एमाले मालिकार्जुनको अध्यक्षमा ठगुन्ना चयन

Image

दार्चुला – नेकपा एमालेको मालिकार्जुन गाउँ कमिटी अध्यक्षमा हरकसिह ठगुन्ना सर्वसम्मत चयन भएका छन। शुक्रबार नेतृत्व चयनमा सहमति हुन नसकेपछि शनिबारसम्म लम्बिएको थियो ।

navjiwan hospital

गाउँ कमिटी उपाध्यक्षमा सुन्दरसिह धामी, सचिव सुरशेसिह धामी, उपसचिवद्वय इन्द्रसिह धामी र धाना चैसिर चयन भएको एमाले जिल्ला कमिटी सदस्य हिरासिह धामीले जानकारी दिए ।

attariya hospital

एमालेले जिल्लाका ९ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको सबै स्थानीय तहमा एमाले केन्द्रीय सदस्य एवं पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिह ठगुन्नाको उपस्थितीमा कमिटी गठन गरिएको हो ।
एमालेको जिल्ला अधिवेशन आगामी मङ्सिर ६ र ७ गते सदरमुकाम खलंगामा हुँदै छ ।