अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ खमौरामा चेतराज पनेरु स्मृति खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानिय रोयल युवा क्लवको आयोजनामा बिहिबार देखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगरप्रमुख साउँदले चेतराज पनेरुप्रति श्रद्धान्जली अर्पण गर्दै खेलाडीलाई फुटबल हस्तातरण गरेर औपचारीक रुपमा खेलको शुभारम्भ गरेका थिए ।


१३ वटा टिम सहभागि रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ५० रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा द्धितिय हुने टिमले २५ हजार १ सय ५० पाउँने खेल संयोजक अर्जुन खड्काले बताए ।
स्व.चेतराज पनेरुका दाई डिल्लीराज पनेरुले भाईको सम्झनामा क्लव मार्फत फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए । २०५२ साल कार्तिक १९ गते जन्मेका स्व.पनेरुको २०७८ भाद्र ८ गते मृत्यु भएको थियो ।
‘भाई मिलनसार थियो । छोटो समयमानै आफ्नो ख्याती कमाएको थियो’ स्व.चेतराज पनेरुका दाई डिल्लीराज पनेरुले भने ‘भाई सबैको प्यारो थियो । त्यै भएर भाई छिटै भगवानको प्यारो भयो । भाईलाई क्लवले सम्भेर प्रतियोगिता अयोजना गरेकोमा हृदयदेखि आभार व्यक्त गर्दछु ।’
















