खाेज्नुहाेस

ओलानीमा निशुल्क आखाँ शिविर आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ ओलानीमा निशुल्क आखाँ शिविर आयोजना गरिएको छ ।

सांग्रिला बैंक लिमिटेड अत्तरिया शाखाले बैंकको १७ औ वार्षिकउत्सवको अवसरमा शिविर आयोजना गरेको हो ।

attariya hospital

शिविरमा ३७० जना स्थानियले सेवा लिएको बैंकका अत्तरिया शाखा प्रबन्धक दिपेन्द्र बहादुर ऐरले जानकारी दिए । वडा नं. १२ को शिव आधारभुत विद्यालयमा आयोजना गरिएको उक्त शिविरलाई गेटा आखाँ अस्पतालले सहयोग गरेको उनले बताए ।

navjiwan hospital

शिविरमा सहभागी भएका स्थानिय मध्ये ८१ जनाको अप्रेशन गर्नुपर्ने भएको उनले बताए । यसका साथै शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।

यसैबिच शिविरमा अत्तरियाका व्यापारीहरुले पनि सहयोग गरेका थिए । अत्तरियाका व्यापारी शेर बहादुर साउँद, सुरत बहादुर कार्की, सम्झौता शु सेन्टर, धर्मराज सप्लायर्स, रविन्द्र खनाल र महाराजा सप्लायर्सले शिविरमा सहभागी स्थानियहरुलाई फलफुल वितरण गरेका थिए ।

यस्तै पिजि वाटर र कञ्चन किराना पसलले शिविरमा पानी सहयोग गरेको बैंकका शाखा प्रबन्धक ऐरले बताए ।