खाेज्नुहाेस

दार्चुलामा घरदैलोमा जाने गणकलाई तालिम दिईदैं

Image

दार्चुला – जिल्ला जनगणना कार्यालय दार्चुलाले गणकहरुलाई तालिम दिन थालेको छ । जनगणनाका लागि छनौट भएका १ सय ८३ गणकलाई घरदैलोमा जानुअघि तालिम दिइन लागिएको जिल्ला जनगणना कार्यालयका सूचना अधिकारी जनक सिह बोहराले जानकारी दिए । कार्यालयले यो दोस्रो चरणको मूल जनगणनाका निम्ति जिल्लाका तीन ठाउँमा चारदिने तालिम दिन लागेको हो ।

navjiwan hospital

दार्चुलामा तीन वटा जनगणना कार्यालय मार्फत तालिम दिइरहेको उनले बताए । अपिहिमाल, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ५९ गणकलाई गोकुलेश्वरमा, दुहुँ, व्याँस, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका ८४ गणकलाई खलंगामा र लेकम र मालिकार्जुन गाउँपालिकाका २४ गणकहरुलाई शंकरपुर पस्तीमा तालिम दिइदैछ ।

attariya hospital

यसअघि न्युनतम स्नातक उत्तीर्णलाई सुपरीवेक्षकका रूपमा छनोट गरी तालिम दिएर पहिलो चरणको जनगणनामा खटाइसकेको छ । हाल न्युनतम कक्षा १२ वा सो सरह उत्तीर्ण गरेका व्यक्तिलाई गणकमा छनौट गरिएको छ ।