खाेज्नुहाेस

रवीन्द्र मिश्रलाई कारवाही गर्न सुशासन आयोग गठन

Image

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारवाही गर्न सुशासन आयोग गठन भएको छ ।

संयोजक मिलन पाण्डे समूहको केन्द्रीय कमिटी बैठकले शुक्रबार पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारी कमाण्डमा न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।

attariya hospital

धर्मनिरपेक्षता र संघीयताका सवालमा मिश्रले धारणा सार्वजनिक गरेपछि विभाजित अवस्थामा पुगेको थियो । त्यसपछि पाण्डे समूह लगातार विभिन्न राजनीतिक दलसँग भेटवार्तामा जुटिरहेको छ ।

navjiwan hospital

पाण्डे समूहले जसपा नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ ।

उक्त भेटलाई पार्टी प्रवेशको तयारी भनेर पनि अथ्र्याइएको छ भने पार्टीमा ल्याउन पनि अन्य दलले कसरत गरेको स्रोत बताउछ ।

शुक्रबारको बैठकले आयोगको कार्यविधि बनाएर एक हप्ताभित्र पछिल्लो पाँच महिनाको अनुशासन उल्लंघनका घटनाहरु सार्वजनिक गर्नुपर्ने समय दिएको छ ।