खाेज्नुहाेस

सुदूरपश्चिममा २४ घण्टामा १४ संक्रमित थपिए 

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ७ सय ५७ नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुटि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ६ सय ९२ नमूनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ जना र ६५ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ६ सय २९ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ६ सय ८८ पुगेको छ ।

navjiwan hospital

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको लालझाडी – ४ की ५८ बर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो संगै दोस्रो लहरको कोरोना फैलिएयता सेतीमा मात्रै उपचारका क्रममा ज्यान गुमाउनेको संख्या २ सय ५ पुगेको छ भने प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ३ पुगेको छ ।

हाल प्रदेशका बिभिन्न अस्पतालमा १५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये सेती प्रादेशिक अस्पतालमा १२ जना, महाकाली अस्पतालमा २ जना र जिल्ला अस्पताल दार्चुलामा १ कोरोना संक्रमित उपचाररत रहेका छन ।