अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेका मालाखेती अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपाली कांग्रेसका नेता विरेन्द्र भट्ट, कांग्रेस नेतृ तुलसी देवकोटा र युवा नेता प्रेम भट्टको पहलमा सुरक्षित मातृत्व सञ्चाल नामक संस्थाले अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

संस्थाकी केन्द्रिय संयोजक डा. आरजु राणा देउवाले आफुहरुको आग्रहलाई स्विकार गरी अस्पताललाई करिब ७ लाख बराबरका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको नेता विरेन्द्र भट्टले बताए ।

उनले अस्पताललाई कोरोना भाईरस रोकथाम सम्बन्धीका र सुरक्षित मातृत्व सम्बन्धीका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको बताए ।
संस्थाकी कैलाली जिल्ला कोषाध्यक्ष समेत रहेकी कांग्रेस नेतृ तुलसी देवकोटाले अस्पताललाई मास्क, सेनिटाईजर, ग्लोभ्स, फेस शिल्ड, शु–कभर, गम बुट लगायतका कोभिड रोकथामका सामग्री र एम्बु ब्याग, नसल क्यानुल लगायतका मातृत्व सुरक्षाका सामग्रीहरु सहयोग गरिएको बताईन ।
उनले अस्पताललाई उपलब्ध गराईएको स्वास्थ्य सामग्रीले अस्पतालमा कोरोना रोकथामका लागी तथा मातृत्व सुरक्षाका लागी सहज हुने विश्वास लिएको बताईन ।
उनले कोरोना महामारीको समयमा पनि संस्थाले अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताईन । यसका साथै कैलालीकै गौरीगंगा नगरपालिकामा रहेको स्वास्थ्य चौकीमा पनि स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताईन ।


















