काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । मन्त्रि परिषद्को सोमबारको बैठकले रासन भत्ताको दर रेटमा १५ प्रतिशत बृद्धी गर्ने निर्णय गरेको हो ।

यसअघि बजेटमै रासन भत्ता बढाउने घोषणा गरिएको थियो । २०७१ सालयता नेपाल प्रहरी र शसस्त्र प्रहरीको रासन भत्ता बढेको थिएन ।

तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो ।

















