खाेज्नुहाेस

पहिरोमा ज्यान गुमाएका परिवारलाई घरमै पुगेर राहत वितरण

Image

डडेल्धुरा – गत साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरामा परी ज्यान गुमाउनेका परिवारलाई राहात वितरण गरिएको छ । घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे । सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरासँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

रासस