सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया – सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

maya metro hospital

बिहिबार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५४७ जनाको एन्टिजेन परिक्षणमध्ये ५ जना र ७७ जनाको पिसिआर परिक्षणमध्ये १५ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या ४७ हजार ५ सय ४१ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिबार प्रदेशमा १९ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन ।

attariya hospital

यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ३७ हजार ६ सय ३९ पुगेको छ । बिहिबार प्रदेशका कोरोना संक्रमणका कारण कुनैपनि व्यक्तिको मृत्यु नभएको निर्देशनालयले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.