उग्रतारा मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने

 

डडेल्धुरा – नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तिर्थस्थल उग्रतारा भगवती मन्दिरमा भने बिहीबार अष्टमी मेला लाग्ने भएको छ ।

maya metro hospital

घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले बिहीबार मात्रै अष्टमी मनाइने अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिए ।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उक्त मन्दिरमा अष्टमीका दिन राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ ।

attariya hospital

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानहरूबाट धार्मिक भक्तजन आउने गर्दछन ।

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ । मेलामा अम्बा, ओखर, केरा, दाडीमलगायत स्थानीयस्तरमा उत्पादित विभिन्न फलफूलको राम्रो व्यापार हुन्छ ।

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ ।

उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठ हो । चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.