खाेज्नुहाेस

कला संस्कृतिको जर्गेना गर्न सुदूरपश्चिममा प्रतिष्ठान स्थापना हुने

Image

कञ्चनपुर – कला र संस्कृतिको जर्गेना गर्न सुदूरपश्चिममा प्रतिष्ठान स्थापना हुने भएको छ ।

शुक्लाफाँटा नगरपालिका–४ असैनामा मह फिल्म सिटीले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशका मौलिक कला संस्कृति जगेर्ना गर्न प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी दिएका हुन ।

attariya hospital

उनले लोपोन्मुख अवस्थामा पुगेका यस क्षेत्रका कला संस्कृति जगेर्नाका लागी प्रतिष्ठान आवश्यक भएको बताए । उनले प्रतिष्ठान गठनका लागि खाका तयार गर्न विज्ञहरूको टोली गठन गरिएको बताए ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश कला संस्कृतिको क्षेत्रमा धनी भएको बताउदै उनले चाडपर्वका आफ्नै मौलिकता रहेको बताए ।

मन्त्री खड्काले कोरोना रोकथाम गर्न व्यवस्थित सेवासँगै अस्पतालको स्तरोन्नति गरिएको समेत बताए । उनले प्रदेशका ठूला अस्पतालका रूपमा रहेका महाकाली प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा तीन शैय्या थप गरिएको बताए ।

‘सबै अस्पतालमा आइसियू, भेन्टिलेटर, एमआरआई, एक्सरे, भिडियो एक्सरे, सिटीस्क्यान लगायतका सेवा पु¥याउन थालेका छौं’, उनले भने, ‘प्रदेशका सबै जनताले सहज रूपमा उपचार पाऊन् भन्ने हेतुले कार्य अघि बढाइएको छ ।’

प्रदेशमा बहुप्रशिक्षण तालिम केन्द्र गठन अन्तिम चरणमा पुगेको जानकारी दिँदै मन्त्री खड्काले स्वरोजगार हुने नयाँ मोडेलका कार्यक्रम सञ्चालन गरी युवाहरूका लागि स्वदेशमै रोजगारका अवसर प्रदान गरिने बताए । एक महिनाभित्रै सो कार्यक्रम सञ्चालन हुने मन्त्री खड्काको भनाइ थियो ।