अत्तरिया – कैलालीको अत्तरियामा टेक्सास डान्स बार फेरी सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको उक्त डान्स बार नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको हो ।


डान्सबारका सञ्चालक टेक कुँवरले कोरोनाका कारण बन्द रहेको डान्सबारलाई केही व्यवस्थीत गरी पुनः सञ्चालनमा ल्याएको बताए ।


दिनभरी भागदौड गर्नुपर्ने यस्तो समयमा ग्राहकहरुलाई पुर्नताजगी महसुस गराउन डान्सबारले सहयोग गर्ने उनले बताए ।
















