खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३२ नमूनाको कोरोना परिक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ५ सय ५५ नमूनाको कोरोना परिक्षण गर्दा ४ जना र ७७ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या ४७ हजार ३ सय ८९ पुगको छ ।

attariya hospital
navjiwan hospital

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २५ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ४ सय १७ पुगेको छ ।

निर्देशनालयका अनुसार हाल प्रदेशका बिभिन्न अस्पतालहरुमा १२ कोरोना संक्रमित उपचाररत रहेका छन ।

जसमध्ये सेतीमा ५ जना, डडेल्धुरा अस्पतालमा ३ जना, महाकाली अस्पतालमा २ जना, जिल्ला अस्पताल बैतडी र डोटीमा १/१ जना उपचाररत रहेका छन । संक्रमित मध्ये ४ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।